कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

इंग्लिस प्रिमियर लिग : चेल्सी, सिटी र लिभरपुलको जित

काठमाडौँ — इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेका तीन टिम चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुलले बुधबारका खेलमा जित निकालेका छन् । चेल्सीले वाटफोर्डलाई २–१ ले हरायो ।

इंग्लिस प्रिमियर लिग : चेल्सी, सिटी र लिभरपुलको जित

सिटीले एस्टन भिल्लालाई २–१ ले पराजित गर्‍यो । लिभरपुल भने छिमेकी एभरटनविरुद्धको खेलमा ४–१ ले विजयी रह्यो र त्यसमा मोहम्मद सलाहले दुई गोल गरे ।

यो नतिजापछि चेल्सीको ३२, सिटीको ३१ र लिभरपुलको ३० अंक भएको छ । चौथो स्थानमा रहेको वेस्ट ह्यामले भने ब्राइटनसँग १–१ को बराबरी खेल्यो । यस्तै साउथह्याम्पटन र लेस्टरले २–२ तथा उल्भ्स बर्नलीले गोलरहित बराबरी खेले ।

प्रकाशित : मंसिर १६, २०७८ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?