रामेछापमा दोस्रो माझी गोल्डकप सुरु- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापमा दोस्रो माझी गोल्डकप सुरु

टीकाप्रसाद भट्ट

रामेछाप — दोस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता बुधबारदेखि मन्थलीमा सुरु भएको छ । ६ दिनसम्म संचालन हुने प्रतियोगितामा विभिन्न २० जिल्लाका २२ वटा टिमको सहभागिता छ ।  प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री महेश्‍वरजंग गहतराजले बुधबार मन्थलीमा उद्घाटन गरेका छन् ।

उद्घाटनको क्रममा मन्त्री गहतराजले माझीहरुले आफ्नो भाषा, संस्कृति र सभ्यतालाई बचाई राख्नका लागि गरेको कार्य उल्लेखनीय भन्दै समुदायको बृहत्तर विकासका लागि अघि सारेका योजनाहरुमा नेपाल सरकारले सक्दो सहयोग गर्ने बताए । उनले खेलकुदको माध्यमबाट राष्ट्रको विकास र पहिचान बढाउन माझी समुदायको योगदान रहनेमा विश्वास व्यक्त गरे ।

माझी उत्थान संघ रामेछापले आयोजना गरेको प्रतियोगिता उद्घाटनको क्रममा पूर्व गृहराज्यमन्त्रीसमेत रहेका प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठ र मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले खेल क्षेत्रको विकासले समाजमा अनुशाशन कायम हुने र प्रतिभालाई प्रोत्साहित गर्न सहयोग पुग्ने धारणा राखे ।

२०७६ देखि माझी राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आरम्भ गरिएको थियो । मकवानपुर जिल्लामा संचालन भएको पहिलो प्रतियोगितामा रामेछाप जिल्ला माझी उत्थान संघ विजयी भएको थियो ।

प्रकाशित : मंसिर १५, २०७८ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा थपिए २८५ संक्रमित, २५९ जना निको

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २८५ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार ९१९ जनामा पीसीआर परीक्षण गर्दा २८५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । फाइल तस्बिरः कान्तिपुर

यस्तै, १८०८ जनामा एन्टिजेन परीक्षण गर्दा ३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । बुधबार थप २५९ जना संक्रमणमुक्त भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तीनजना मृतक थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ पुगेको छ । यस्तै, ९८ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

नेपाल कोरोना संक्रमण निको दर ९७.७ प्रतिशत रहेको छ ।

प्रकाशित : मंसिर १५, २०७८ १७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×