१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पाल्पा विजयी

काठमाडौँ — प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबलमा मंगलबार प्रदेश १ रातो र मण्डली पाल्पाले जित पाएका छन् । प्रदेश १ ले रोल्पालाई २५–१६, २५–२० ले र पाल्पाले सिपाडोल भक्तपुरलाई २५–२२, २५–२३ को सेटमा हराए ।

गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा लिगकम नकआउटका आधारमा १६ टोली प्रतिस्पर्धी छन् । ४० वर्षमाथिका खेलाडीको सहभागिता हुँदा उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेताले ६१ हजार १ सय ११ र तेस्रो हुनेले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित : मंसिर १५, २०७८ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?