नेपालको झन्डा पलेशाले बोक्ने

काठमाडौँ — बहराइनको मनामामा डिसेम्बर २ देखि ६ तारिखसम्म हुने एसियाली युथ पारा गेम्सको उद्घाटन समारोहमा नेपालको झन्डा पारा ओलम्पियन पलेशा गोवर्द्धनले बोक्ने भएकी छन् । साथका ब्याडमिन्टनका प्रकाश अधिकारी रहनेछन् ।

नेपालको झन्डा पलेशाले बोक्ने

विभिन्न ९ खेल समावेश एसियाली युथ पारामा नेपालले तेक्वान्दो र ब्याडमिन्टनमा भाग लिएको छ । तेक्वान्दोमा ३ र ब्याडमिन्टनमा १ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । तेक्वान्दोतर्फ के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि विशाल गर्बुजा तथा महिला ५७ केजीमुनि पलेशा गोबर्द्धन र ५२ केजीमुनि सिर्जना घिसिङले प्रतिस्पर्धा गर्नेछन् । प्रकाशले एसएल–४४ क्याटगोरीको पुरुष सिंगल्समा खेल्नेछन् ।

प्रकाशित : मंसिर १५, २०७८ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?