कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

इंग्लिस प्रिमियर लिग : न्युकासल अझै जितविहीन

काठमाडौँ — टिमु पुकुको गोलमा नर्विचले इंग्लिस प्रिमियर लिगमा मंगलबार राति १० खेलाडीमा सीमित न्युकासल युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ । सेन्ट जेम्स पार्कमा भएको यो खेलको नतिजापछि न्युकासल यो सिजन लिगमा अझै जितविहीन छ ।

इंग्लिस प्रिमियर लिग : न्युकासल अझै जितविहीन

यो नतिजाले न्युकासलमाथि रेलिगेसन डर पनि बढाएको छ । खेलको १० औं मिनेटमा कारन क्लार्क रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे र न्युकासल १० खेलाडीमा सीमित रह्यो ।

पुकुले नर्विचका लागि ७९ औं मिनेटमा गोल गरे । यसअघि न्युकासलले कलम विल्सनको गोलमा अग्रता लिएको थियो । न्युकासल सात अंकमा लिग तालिकाको पुछारमा छ ।

मंगलबारकै अर्को खेलमा लिड्स युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० ले हराएको छ । लिड्सका लागि राफिन्हाले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।

प्रकाशित : मंसिर १५, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?