ए डिभिजन लिगमा दोस्रो चरणका खेल सम्पन्न- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ए डिभिजन लिगमा दोस्रो चरणका खेल सम्पन्न

कान्तिपुर संवाददाता

काठमाडौँ — सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो चरणका खेल सम्पन्न भएका छन् । तेस्रो चरणका खेल तालिका पनि सार्वजनिक भइसकेको छ । दोस्रो चरणको खेल सकिँदा सम्म पोखरेली टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबले स्पष्ट जित निकाल्दा हेभी वेटको खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

दोस्रो चरणको खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लबले उपाधि दाबेदार मानिएको थ्री स्टार क्बलमाथि १–० को जित निकाल्दै सनसनीपूर्ण नतिजा निकाल्दा हेभी वेटको रुपमा हेरिएको मच्छिन्द्र र विभागीय टोली त्रिभुवन आर्मीले गोलरहित बराबरी खेले ।

दोस्रो चरणको खेलमा पहिलो चरणका खेलमा तथ्यांकमा एक गोल औसत रह्यो । सातमध्ये दुई खेल गोलरहित बराबरीमा सकिँदा चार खेलमा १–० को नतिजा निक्लियो भने संकटा र फ्रेन्ड्स क्लबबीचको खेल २–१ सकियो ।

पहिलो खेलमा जावलाखेल युथ क्लबसँग १–० को जित निकालेको मनाङले दोस्रो खेलमा हिमालयन शेर्पाविरुद्ध पनि १–० को जित निकाल्दै जारी लिगमा स्पष्ट जित निकाल्ने टोली बनेको छ ।

लगातारका खेलमा जित निकालेको मनाङले तालिकामा शीर्षता कायम राख्दा समान चार अंक जोडेका पाँच क्लब संकटा, ब्रिगेड ब्वाइज, मच्छिन्द्र, नेपाल पुलिस र सातदोबाटो युथ क्लब क्रमश: दोस्रो, तेस्रो, चौथो, पाँचौ स्थानमा अटाएका छन् । दुईमध्ये एक खेलमा जित र यसै सिजनको नवप्रवेशीसँग सातादोबाटोसँग स्तब्ध थ्री स्टार तालिकाको छैठौं स्थानमा रहेको छ । अन्य टोलीले औसत प्रदर्शन गर्दा विभागीय टोली एपिएफ र जावलाखेल युथ क्लबले दोस्रो चरणको खेलमा अंकको खाता खोल्न सकेका छैन ।

पहिलो चरणका खेलमा १६ कुल गोल संख्या हुँदा दोस्रो चरणका खेलमा जम्मा सात गोल मात्र हुन सके । गोल संख्याको तथ्याङ अनुसार जारी लिगका बलिया क्लबविरुद्ध जुनसुकै क्लबले पनि प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्न सक्ने उदाहरण दिएका छन् ।

यस्तै १४ खेल सम्पन्न हुँदा ४५ पहेलो कार्डको प्रयोग हुँदा फ्रेन्ड्सका विदेशी एक खेलाडीले रातो कार्ड पाएका छन् । मच्छिन्द्रका अफिसियल्स र हिमालयन शेर्पाका प्रशीक्षक युगल किशोर राईले पहेलो कार्ड पाउने जारी लिगका पहिलो प्रशीक्षक बनेका छन् ।

प्रकाशित : मंसिर १४, २०७८ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्

अध्यक्ष पदबाट विश्राम लिन थापालाई लिङ्देनको आग्रह

'म अध्यक्ष बन्दा कसैले अपमानित महसुस गर्नु पर्दैन'
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका पूव महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले अध्यक्ष कमल थापालाई अध्यक्ष पदबाट विश्राम लिन आग्रह गरेका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा लिङ्देनले समयको पद्चाप बुझेर एकपटक 'स्टेपडाउन' गर्न भन्दै विश्राम लिन आग्रह गर्दै आफू अध्यक्ष बन्दा कसैले अपमानित महसुस गर्नु नपर्ने बताएका हुने ।

उनले भने, ‘श्रद्धेय कमल थापा, उहाँलाई पनि आग्रह गर्न चाहान्छु, समयको पदचापलाई बुझ्नुहोस् । कार्यकर्ताको आवाजलाई बुझ्नुहोस् । राप्रपाभित्रका यी दुई, चार हजार प्रतिनिधि मात्र होइन, देश बाहिरका, राप्रपा बाहिरका लाखौंलाख राप्रपाका शुभेच्छुकहरु के भनिराखेका छन्, के चाहिराखेका छन्, कार्यकर्ताको त आवाज छदैछ, एकचोटी विश्राम गर्नुस् । एकचोटी स्टेपडाउन गर्नुस् । तपाईं राप्रपा छोडेर भाग्नोस् भन्ने होइन । तपाईं राजनीतिबाट भाग्नोस् भन्ने होइन, म बन्नुमा तपाईंको पनि लगानी छ । तपाईंको पनि मेहनत छ । राजेन्द्र लिङ्देन अध्यक्ष बन्दाखेरी कसैले अपमानित महशुस गर्नुपर्दैन ।’

उनले पार्टीभित्रको मात्रै नभई देशकै अपरिहार्य आवश्यकताले आफूले पार्टीको नेतृत्व लिन चाहेको बताए । नेता लिङ्देनले देश र धर्म बचाउनका लागि राप्रपा बलियो बनाउनुपर्ने बताए ।

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनी पार्टीको आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा रहेको भन्दै पत्रकार सम्मेलन गरेका थिए । सोही कार्यक्रमा लिङ्देनले अध्यक्ष थापालाई अध्यक्षबाट विश्राम लिन आग्रह गरेका हुन् ।

उक्त कार्यक्रममा अध्यक्ष लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनु पार्टी र देशको हितमा आवश्यक भएको बताएका थिए । उनले पार्टीभित्र नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने आफ्नो भनाई र विश्वास रहेको उल्लेख गर्दै राप्रपाको नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देनको पक्षमा उभिएको बताए ।

प्रकाशित : मंसिर १४, २०७८ १५:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×