रग्बीका अध्यक्ष बने राखेप सदस्यसचिव

कुशल तिमल्सिना

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवमा नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ नियुक्त भएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले तीन प्रतिस्पर्धीमध्येबाट घिसिङलाई राखेपको १९ औं सदस्यसचिवका रुपमा नियुक्त गरेको हो ।

रग्बीका अध्यक्ष बने राखेप सदस्यसचिव

खेलकुद विज्ञद्वय डा. अच्युतम लामिछाने र ममता श्रेष्ठलाई पछि पार्दै माओवादी केन्द्र निकट घिसिङले राखेपको कार्यकारीमा चार वर्षका लागि जिम्मेवारी पाएका हुन् । सम्भवत: मंगलबार उनले शपथ ग्रहण गर्नेछन् ।

कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेयता राखेपको कार्यकारी पद रिक्त थियो । करिब डेढ महिनापछि राखेपले नयाँ कार्यकारी पाएको हो ।

डा. दामोदर रेग्मी सचिवका रुपमा आएपछि मंसिर ३ गते दर्खास्त आह्वान गरिएकोमा मंसिर १० गतेको समयसिमासम्म १८ जनाले आवेदन दिएका थिए । सचिव रेग्मी तथा विज्ञ सदस्यद्वय कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ सम्मिलित छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

प्रकाशित : मंसिर १३, २०७८ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?