कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चेल्सी र म्यानचेस्टर युनाइटेडबीच बराबरी

काठमाडौँ — मिडफिल्डर जोरजिन्होले पेनाल्टीबाट गरेको गोलमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा चेल्सीले आइतबार म्यानचेस्टर युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ ।

चेल्सी र म्यानचेस्टर युनाइटेडबीच बराबरी

जोरजिन्होकै भुलमा जाडोन सान्चोले म्यानचेस्टरलाई सुरुवाति अग्रता दिलाएका थिए ।

टोमस टुचेलको टिमले स्टायन फोर्ड ब्रिजमा भएको खेलमा लामो समय नियन्त्रण राखे पनि एक गोलले पछाडि रहेको स्थिति बनेको थियो । यो नतिजाले प्रिमियर लिग उपाधि होड खुल्ला भएको छ ।

बराबरीका बाबजुद चेल्सी १३ खेलबाट ३० अंकमा शीर्ष स्थानमा छ । तर उसका पछाडि एक अंकको दूरीमा म्यानचेस्टर सिटी रहेको छ । लिभरपुल २९ अंकमा तेस्रो स्थानमा छ ।

प्रकाशित : मंसिर १३, २०७८ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?