३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको पहिलो जीत

रासस

काठमाडौँ — उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जीत दर्ता गरेको छ । आयतबार सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै पहिलो जीत दर्ता गरेको हो । 

कर्णालीले दिएको ६७ रनको लक्ष्य सुदूरपश्चिमले बिना विकेटको क्षतिमा १२.१ ओभरमा पुरा गर्‍यो । सुदूरपश्चिमका कप्तान खडकबहादुर बोहरा ४२ बलमा ५ चौका र २ छक्कासहित ४१ रनमा अविजित रहे । नरेश भट्ट ३१ बलमा ३ चौकासहित १६ रनमा अविजित रहे ।

त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णाली १६.५ ओभरमा ६६ रनमा अल आउट भएको थियो । कर्णालीका प्रकाश जैसीले सर्वाधिक १५ रन बनाए । रुपक ढकाल ११ र रमेश बुढा १२ रनमा आउट भए । कर्णालीका चार खेलाडीले खाता नै खोल्न सकेनन् ।

सुदूरपश्चिमका शेर मल्लले २.५ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए । नारायण जोशीले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । नरेन्द्र साउँदको हातमा १ विकेट प¥यो ।

यसअघि, सुदूरपश्चिम प्रदेशले वाग्मती र प्रदेश २ सँग समान २ विकेटले पराजित भएको थियो । सुदूरले अब मङ्गलबार टियुमा गण्डकीसँग खेल्नेछ ।

प्रकाशित : मंसिर १२, २०७८ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?