१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चेसमा शीर्ष खेलाडीको अग्रता

काठमाडौँ — जीओ इन्टेरियर फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिताको तीन चरण सकिँदा शीर्ष खेलाडी नै अगाडि छन् ।

चेसमा शीर्ष खेलाडीको अग्रता

शुक्रबार फिडे मास्टर मनीष हमाल र क्षितिज भण्डारी, पूर्वराष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, नवीन तण्डुकार र पुण्यमान कर्माचार्यले समान ३ अंक बटुलेका छन् । जगन्नाथ ताम्राकार, राजीव कार्की, सुमन राई, सजिन महर्जन, युवराज पौडेल, योगेश श्रेष्ठ, पूर्णराज खड्का, रञ्जित राई, रामकुमार कार्की, आशिष फुँयाल र धिरेन राईले पनि ३ अंक जोडेका छन् ।

१ सय ५० खेलाडी प्रतिस्पर्धी रहेको प्रतियोगिताका विजेताले १५ हजार, उपविजेताले ८ हजार, तेस्रो हुने खेलाडीले ६ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । स्विस लिग प्रणालीमा ९ चरणको हुनेछ । दुईदिने स्पर्धा जीओ इन्टेरियर र थापाथली चेस पार्कले आयोजना गरेका हुन् ।

प्रकाशित : मंसिर ११, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?