थ्रीस्टारविरुद्ध सातदोबाटो हाबी

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले शुक्रबार उत्कृष्ट पुनरागमन जित रचेको छ । यससँगै सुरुआती अंकतालिकाको शीर्षस्थान कब्जा गरेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर फ्रेन्ड्स क्लबलाई २–१ ले हरायो ।

थ्रीस्टारविरुद्ध सातदोबाटो हाबी

शुक्रबारकै अर्को खेलमा लिगको नवप्रवेशी सातदोबाटो क्लबले तीनपल्टको लिग विजेता थ्रीस्टारलाई १–० ले स्तब्ध पार्‍यो । यो नतिजापछि संकटा र सातदोबाटोको समान ४ अंक भएको छ । संकटा गोलअन्तरले अगाडि रहेको हो । संकटाको जितमा फोडे फोफानाले खेल सकिन तीन मिनेट अगाडि निर्णायक गोल गरे । यसअघि फ्रेन्ड्सले प्रकाश बुढाथोकीको गोलमा ४२ औं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफको ५७ औं मिनेटमा नीरज बस्नेतले बराबरी गोल फर्काए ।

सातदोबाटोको जितमा भने सुदीप गुरुङले २९ औं मिनेटमा विजयी गोल गरेका थिए । हारले थ्रीस्टार ३ अंकमै सीमित रह्यो । फ्रेन्ड्स भने १ अंकमै सीमित छ ।

फ्रेन्ड्सले लिगको तेस्रो खेलमा २ सय २२ मिनेटपछि पहिलो गोल गरे पनि त्यो आफूअनुकूल नतिजाका लागि पर्याप्त रहेन । यस्तै हारसँगै थ्रीस्टारको लगातार ५ खेलको यात्रामा पूर्णविराम लागेको छ । लिगको पछिल्लो संस्करणका चार खेलसहित यसपल्ट पहिलो खेल जितेको थ्रीस्टार छैटौं खेलमा आएर पराजित रह्यो ।

प्रकाशित : मंसिर ११, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?