१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नेपालद्वारा कुवेत पराजित

काठमाडौँ — आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत बिहीबार भएको कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ । 

नेपालद्वारा कुवेत पराजित

संयुक्त अरब इमिरेट्स (यूएई) को आईसीसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पार्‍यो । यसअघि भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।

त्यस्तै, नेपाल पहिलो खेलमा भने हङकङसँग ६ विकेटले पराजित भएको थियो । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलव ३ ओभरमा केवल एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा इन्दु बर्माले १३ रन जोडिन भने कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा २७ रन जोडेको थियो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी संगिता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट हात पारे भने करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीले एक/एक विकेट लिए ।

कुवेत भने अघिल्ला दुवै खेलमा पराजित भएको थियो । कुवेत भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनले पराजित भएको थियो । नेपालले शुक्रबार मलेसियासँग खेल्नेछ ।

प्रकाशित : मंसिर ९, २०७८ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?