प्रशंसा र सुनिरा फेरि विजेता
काठमाडौं — नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडी (तस्बिर) ले काठमाडौं/एसियन यू–१४ र्याङकिङ टेनिसको सर्किट–२ को गर्ल्स डबल्समा स्वर्ण जितेको छ ।
सादोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रशंसाको जोडीले समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४, ६–३ को सोझो सेटमा हरायो । प्रशंसा र सुनिराको जोडी सर्किट–१ पनि विजेता हो ।
ब्वाइजतर्फ नेपालका सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडी च्याम्पियन बने । सक्षमको जोडीले नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीलाई ६–२, ६–२ को सोझो सेटमा हरायो । सक्षम पनि सर्किट–१ को डबल्स विजेता हुन् । सक्षमले आयुशमान हजुर घलेसँग मिलेर खेलेका थिए ।
ब्वाइज सिंगलमा नेपालका सक्षमविक्रम शाहले पाकिस्तानका अमिर मोहम्मद खान मजारीलाई ६–३, ६–१ ले र नेपालका दर्शिल श्रेष्ठले भारतका सिद्धार्थ जिबुलाई ६–१, ६–१ को सोझो सेटमा हराएर फाइनल पुगे । स्पर्धाको गर्ल्समा नेपालकी सुनिरा थापाले नेपालकी आध्या पौडेललाई ६–३, ७–५ ले र नेपालकी प्रशंसा मोक्तानले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–१, ६–० को सेटमा हराएर फाइनल पक्का गरे । फाइनल बिहीबार हुनेछ ।
प्रकाशित : मंसिर ९, २०७८ ११:३६