कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सिटी र पीएसजी दुवै नकआउट चरणमा

एएफपी

पेरिस — म्यानचेस्टर सिटीले बुधबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले हराएको छ । तर, दुवै टिम युरोपेली च्याम्पियन्स लिगको नआउट चरण प्रवेश गर्न सफल भएका छन् ।

सिटी र पीएसजी दुवै नकआउट चरणमा

यस्तै, रियल म्याड्रिड, इन्टर मिलान र स्पोर्टिङ लिस्वन पनि अन्तिम १६ का लागि छनोट भएका छन् ।

पीएसजी भने दोस्रो स्थानमा रहेर अर्को चरण पुगेको हो । यही समूहको अर्को खेलमा आरबी लाइपजिगले क्लब ब्रुगलाई बेल्जियममा ५–० ले हरायो । करिम बेन्जेमाको गोल मद्दतले रियलले भने सेरिफलाई ३–० ले हरायो र नकआउट चरण पुग्न सफल रह्यो ।

यो जितपछि रियल समूह 'डी'को शीर्ष स्थानमा उक्लेको छ । उसलाई दोस्रो स्थानमा रहेको इन्टर मिलानमाथि दुई अंकको अग्रता प्राप्त छ । इन्टरले अर्को खेलमा साख्तर डोनेस्कलाई २–० ले हरायो र नकआउट चरण पुग्यो ।

स्पोर्टिङ लिस्वन भने सन् २००८–२००९ यता पहिलो पल्ट नकआउट चरण पुग्यो । उसले पोर्चुगाली राजधानीमा भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ हरायो ।

समूह 'बी'बाट लिभरपुल यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । उसले एनफिल्डमा भएको खेलमा पोर्टोमाथि सजिलो २–० को जित निकाल्यो । समूहको अर्को खेलमा एटलेटिको म्याड्रिड एसी मिलानविरुद्ध नाटकीय ढंगले १–० ले पराजित रह्यो ।


प्रकाशित : मंसिर ९, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?