३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस हुने

काठमाडौँ — ललितपुर टेबलटेनिस क्लबको आयोजनामा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघमा हुने भएको छ । नेपाल टेबलटेनिस संघको तत्त्वावधान तथा स्पिन इभेन्टको व्यवस्थापनमा हुने प्रतियोगिता माघ १२ देखि हुनेछ । प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता रहने क्लबका अध्यक्ष उर्दीप जोशीले जानकारी गराए ।

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस हुने

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, यूएई, दक्षिण कोरियालगायतका देशको सहभागिता रहने जनाइएको छ । प्रतियोगिता निर्देशक शंकर गौतमले बंगलादेश र पाकिस्तानबाट राष्ट्रिय खेलाडीको सहभागिता रहने जानकारी दिए । पुरुष/महिला सिंगल्स र टिम, भेट्रान पुरुष ४० वर्ष र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी ७ विधामा प्रतिस्पर्धा हुनेछ ।

सिंगल र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा तेस्रोलाई २ हजार ५ सय पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको बजेट २१ लाख ५० हजार रुपैयाँ रहेको छ ।

त्यसमा मुख्य प्रायोजक सम्झना ल्याबोरेटरी क्लिनिक प्रालिले ५० प्रतिशत रकम प्रायोजन गरिदिने भएको छ । पत्रकार सम्मेलनमै आयोजक क्लब र सम्झनाबीच प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भयो । क्लबका अध्यक्ष जोशी र सम्झनाकी निर्देशक रजना श्रेष्ठ जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे । चारदिने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

प्रकाशित : मंसिर ९, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?