१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दीपावली गोल्डकपको उपाधि तमाखे एफसीलाई

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको रानीटारमा आयोजित दीपावली गोल्डकपको उपाधि तमाखे फुटबल क्लव (टिएफसी) ले जितेको छ । प्रतिस्पर्धी राष्ट्रिय युवा संघ पाँचथरलाई १–० गोल अन्तरले हराउँदै तमाखेले उपाधि जितेको हो ।

सोमबार नै सम्पन्न सेमिफाइनलमा न्यू पाथिभरा स्पोर्टिङ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको तमाखेलेले खेलको पहिलो मध्यान्तरअघि नै अग्रता लिएको थियो ।

तमाखेका लागि फ्रि किक मार्फत् अर्जुन गुरुङले गोल गरेका थिए । उपाधिसँगै तमाखे एफसीले नगद ५० हजारसहित ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा राष्ट्रिय युवा संघले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । रानीटार ग्रीन भ्याली युनाइटेड क्लब तथा त्रिवेणी युवा क्लवको संयुक्त आयोजनामा कात्तिक १६ गते सुरु भएको प्रतियोगितामा २० टिमको सहभागिता थियो।

प्रकाशित : कार्तिक २२, २०७८ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?