सिद्धि मंगललाई उपाधि- खेलकुद - कान्तिपुर समाचार

सिद्धि मंगललाई उपाधि

कान्तिपुर संवाददाता

काठमाडौँ — श्री सिद्धि मंगल माध्यमिक विद्यालयले प्रथम छात्रा लेजेन्ड कप फुटसल प्रतियोगिता जितेको छ ।

लेजेण्ड फुटसलद्वारा आयोजित प्रतियोगिता ललितपुरको महालक्ष्मी नगरपालिका सिद्धिपुरमा आयोजना भएको थियो । माउन्ट ओलिभ विद्यालय दोस्रो र भानोदय माध्यमिक विद्यालय तेस्रो भयो ।

कुल सातवटा बिद्यालयको सहभागीता रहेको प्रतियोगितामा उच्च गोलकर्ता कोपिला इङ्लिस सेकेन्डरी बिद्यालयकी रितिसा श्रेष्ठ बनिन् । विजयी टोली एवम सहभागी खेलाडीलाई महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महालक्ष्मी नगरपालिका वडा न ६ का अध्यक्ष वासुदेव महर्जन, गुण एयरलाइन्सका प्रबन्ध निर्देशक दिप्रश शाक्य लगायतले ट्रफी, पदक तथा नगद पुरस्कार प्रदान गरे । गुण एयरलाइन्सका प्रबन्ध निर्देशक दिप्रश शाक्यले यस किसिमको बिद्यालय स्तरको छात्रा फुटसल प्रतियोगिता ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकामै पहिलोपटक भएकोमा उत्साहित हुदैं आगामी दिनमा सहयोग र सहकार्य निरन्तर रहने बताए ।

सहभागी टोलिलाई लेजेन्ड फुटसल द्वारा निशुल्क प्रशिक्षण एवम खेल स्थल उपलब्ध गराइएको लेजेन्ड फुटसलका अध्यक्ष अमन महर्जनले जनाए ।

प्रकाशित : कार्तिक १९, २०७८ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

रोहित मान्छन्, जितको कारण आक्रामक

एएफपी

अबुधाबी — भारत आक्रामक भएर मैदानमा उत्रनु नै ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानमाथि प्राप्त जितको कारण रहेको प्रारम्भिक ब्याटर रोहित शर्माले बिहीबार दाबी गरेका छन् । उनको अर्धशतकीय प्रदर्शनको मदतले भारतले बुधबार अफगानिस्तानलाई सजिलै ६६ रनले हराएको थियो । उनले ७४ रन बनाए र पहिलो विकेटमा केएल राहुलसँग मिलेर १ सय ४० रनको ठोस साझेदारी गरे ।

राहुलले ६९ रनको योगदान दिए र भारतले पहिले ब्याटिङ गर्दै ठुलो जित आवश्यक भएको खेलमा २ सय १० रनको स्कोर खडा गरेको थियो । प्रतियोगिताका सुरुआती दुई खेल गुमाएको भारतले अफगानिस्तानलाई १४४–७ को स्कोरमा सीमित राख्यो र आफ्नो सेमिफाइनल पुग्ने झिनो समीकरण जीवन्त राख्न सफल भयो ।

‘सबैलाई थाहा थियो, भारतले यो खेल पनि गुमाउने छ भने प्रतियोगिताबाट बाहिरिने छ,’ रोहितले भने, ‘त्यसैले हामीले जित्नकै लागि मात्र खेल्यौं । जति बेला यस्तो स्थिति हुन्छ, कुनै पनि टिमले डर विना आक्रामक भएर खेल्नु पर्ने हुन्छ । अनि यस्तो बेला अन्यत्र स्थिति के भइरहेकोछ, त्यसमा पनि बढी ध्यान दिनु हुन्न । मेरो विचारमा आजको खेलका लागि सबै भारतीय खेलाडी नै फरक प्रकारले प्रस्तुत भए । यस्तै खेल हामीले यसअघिका दुई खेलमा पनि खेलेको भए, स्थिति बेग्लै हुने थियो । जति बेला हामी आक्रामक भएर खेल्यौं, नतिजा आजकै जस्तो हुन्छ ।’

रोहितले यसअघिका दुई खेलमा शून्य र १४ रन मात्र बनाएका थिए । तर उनले अफगानी बलिङ आक्रमणविरुद्ध खुलेर आठ चौका तथा तीन छक्का प्रहार गरे र यसका लागि खालि ४७ बलको मात्र सामना गरे । हिटम्यान उपनामले चर्चित रोहितले

आफ्नो २३ औं ट्वान्टी ट्वान्टी अर्धशतक पनि पूरा गरे । उनले अफगानी अनुभवी स्पिनर रसिद खानको बलमा दुई ठूला छक्का पनि प्रहार गरे । राहुलले पनि ४८ बलको आफ्नो खेलमा आक्रमक नै रहे ।

भारतका लागि स्पिनर रविचन्द्रन आश्विन फेरि टिममा फर्के र उनले १४ रन मात्र खर्चेर दुई विकेट लिए । सन् २०१७ यता पहिलोपल्ट भारतका लागि सेतो बलमा खेलिरहेका आश्विन अगाडि अफगानी ब्याट्सम्यान खुलेर खेल्न असफल रहे । भारतीय टिमका उपकप्तान समेत रहेका रोहितले माने, ‘हामी पक्कै पनि राम्रो टिम हौं । मेरो विचारमा पाकिस्तान र न्युजिल्यान्डविरुद्ध हाम्रो लागि खराव दिन सावित भएको मात्र हो, आजको खेलले हामी कस्तो छौं, त्यो देखाएको छ ।’

प्रकाशित : कार्तिक १९, २०७८ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×