कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बार्सिलोनाद्वारा प्रशिक्षक कोम्यान बर्खास्त

कान्तिपुर संवाददाता

काठमाडौँ — बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । बुधबार लालिगाअन्तर्गतको खेलमा रायो भालेकानोसँग पराजित १–० ले पराजित भएपछि बार्सिलोनाले प्रशिक्षक कोम्यानलाई बर्खास्त गरेको हो ।

बार्सिलोनाद्वारा प्रशिक्षक कोम्यान बर्खास्त

क्लबले हारेपछि बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले प्रशिक्षक कोम्यानलाई निर्णय सुनाएका थिए । क्लबले बिहीबार उनलाई औपचारिक रूपमा बिदाइ गरिने जनाएको छ । जारी सिजनमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन । १० खेलमा ४ मा जित, ३ मा बराबरी र ३ मा हार बेहोर्दै बार्सिलोना १५ अंकसहित ९औं स्थानमा रहेको छ । रियल म्याड्रिड भने १० खेलमा ६ मा जित, ३ मा बराबरी र १ मा हार बेहोर्दै २१ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

क्वेक सेटिनलाई प्रतिस्थापन गर्दै कोम्यान सन् २०२० को अगस्टमा बार्सिलोनाको प्रशिक्षक नियुक्र भएका थिए । पहिलो सिजनमा उनले क्लबलाई कोपा डेल रेको उपाधि भने जिताएका थिए ।

च्याम्पियन्स लिगमा गत सेप्टेम्बरमा बेनिफिकासँग ३–० ले पराजित भएसँगै कोम्यानमाथि क्लबले दबाब बनाएको थियो । त्यस्तै गत अक्टोबर २ मा एटलेटिको म्याड्रिडसँग पनि २–० ले बार्सिलोना पराजित भएको थियो । अक्टोबर २४ मा भएको एल क्लासिकोमा रियल म्याड्रिडसँग २–१ को हारलगायतले पनि उनीमाथि क्लब छाड्न दबाब बनेको थियो ।

प्रकाशित : कार्तिक ११, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?