कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

आईपीएलमा दुई नयाँ टिम

एएफपी

दुबई — विवादास्पद अमेरिकी कम्पनी र भारतीय बिजनेस टाइकुनले सोमबार १ अर्ब ६० करोड अमेरिकी डलर बढीमा विश्वकै सबैभन्दा धनाढ्य क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिगमा नयाँ दुई टिम लिएका छन् ।

आईपीएलमा दुई नयाँ टिम

दुबईमा आयोजित कार्यक्रममा सन्जीव गोयन्काको आरपीएसजीले ९३ करोड डलरमा आईपीएलको लखनउ टिम लियो भने सीभीसी क्यापिटलले ६९ करोड डलरमा अहमदबादको टिम पायो । अहमदबादले विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामा खेल्न पाउने छ ।

आईपीएलले दुई टिम बढाएर सन् २०२२ देखि १० टिमको प्रतियोगिता सञ्चालन गर्दै छ । यसले अन्तर्राष्ट्रिय लोकप्रियतासँगै टेलिभिजन प्रसारण र अन्य अधिकार बिक्रीबाट आम्दानी बढाउन सक्छ । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको स्वामित्व लिएको ग्लेजर परिवारसहित भारतीय र विदेशी गरी २० वटा बहुराष्ट्रिय कम्पनीले आईपीएलको नयाँ टिमका लागि प्रस्ताव गरेका थिए ।

लक्जेम्बर्गमा रहेको सीभीसीले अन्तर्राष्ट्रिय खेलकुदमा पछिल्लोपल्ट आएको परिवर्तनसँगै १ खर्बभन्दा बढी लागनी गरेको छ । सीभीसीले अन्तर्राष्ट्रिय रग्बी युनियन, स्पेनी ला लिगासहित फुटबलका मुख्य प्रतियोगितामा अबौं डलर लागनी गरिसकेको छ । उसले अन्तर्राष्ट्रिय भलिबल महासंघ, फर्मुला वानको टिम खरिद गरिसकेको छ भने अन्तर्राष्ट्रिय टेनिस टुर र एनबीएको फ्रेन्चाइज टिम सान एन्टोनियो स्पर्समा लगानी गर्नेबारे पनि कुरा भइरहेको छ ।

आरपीजीएसले भारतको शीर्ष फुटबल टिम मोहन बगानको स्वामित्व लिइसकेको छ । यो कम्पनी आईपीएलकै राइजिङ पुने सुपरजायन्ट्समा पनि आबद्ध थियो, जसले भ्रष्टाचार काण्डमा दुई टिमलाई हटाइएको २०१६–१७ को सिजन आईपीएल खेलेको थियो । दुई टिमका सदस्यहरूलाई अवैध सट्टेबाजी र स्पट फिक्सिङ गरेको आरोप लगाइएको थियो । तर, आईपीएलले ठूलो संख्यामा टेलिभिजन दर्शक आकर्षित गरिरहेको छ । विश्वका ट्वान्टी–२० प्रतियोगिता भारतकै सिकोमा अगाडि बढिरहेको छ ।

आर्थिक परामर्श दिने डफ एन्ड फेल्पस्का अनुसार सन् २०१९ मा आईपीएलको ब्रान्ड भ्यालु ६ अर्ब ७० करोड डलर थियो । कोरोना भाइरसको महामारीअघि आईपीएलले भारतीय अर्थतन्त्रमा वार्षिक ११ अर्ब डलर योगदान गरिरहेको अनुमान गरिन्छ ।

प्रकाशित : कार्तिक १०, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?