१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मेयर कप भेट्रान : झापा र बुटवल विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — मेयर कप भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा झापा भेट्रान फुटबल क्लब र बुटवल नगरपालिकाले सुःखद नतिजा निकालेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा झापाले विजय युथ हेटौंडालाई ५–१ तथा अर्को खेलमा बुटवलले पश्चिम चितवनलाई १–० ले स्तब्ध बनाएको हो । हेटौंडामाथि शानदार जित निकालेको झापाले जारी प्रतियोगितामा सुखद सुरुआत गरेको हो । झापाको जितमा नरेन्द्र मणी लिम्बूले ४ गोल गरे । श्यामकुमार गोलेको नाममा एक गोल रह्यो । हेटौंडाका कृष्ण शाक्यले एक गोल फर्काएका थिए ।

यस जितसँगै समूह ई को झापाले ३ अंक जोडेको छ । हेटौंडाको यो पहिलो हार हो । पहिलो खेलमा हेटौंडाले काभ्रे भेट्रान्सलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो । हेटौंडाले २ खेलमा ३ अंक जोडेको छ ।

यस्तै, बुटवलले पश्चिम चितवनलाई पराजित गर्दा यमु रानाको गोल निर्णायक बन्यो । प्रतियोगिता अन्तर्गत मंगलबार नै भएको अर्को खेलमा साइनिङ सन फुटबल एकेडेमीले ललितपुर वार्ड नम्बर १४ लाई २–० ले हराएको छ । साइनिङको जितमा उमेश लामा र राजु दंगालले एक/एक गोल गरे ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । आयोजकले २१ टिमलाई सात समूहमा विभाजन गरी प्रतिस्पर्धा गराएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन् ।

प्रकाशित : कार्तिक ९, २०७८ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?