कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल इरानसँग ४ गोलले पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — दोस्रो हाफमा कमजोर प्रदर्शन गरेपछि नेपाल एएफसी यू २३ एसिया कप छनोटमा इरानसँग ४–० ले पराजित भएको छ । ताजाकिस्तानको तास्केनमा भएको खेल पहिलो हाफसम्म गोलरहित बराबरीको स्थितिमा थियो ।

नेपाल इरानसँग ४ गोलले पराजित

तर रिपब्लिकन सेन्ट्रन स्टेडिममा भएको खेलमा नेपालले दोस्रो हाफमा लगातार गोल खाएको थियो । समूह बी मा प्राप्त यस जितपछि इरानले विजयी सुरआतसँगै ३ अंक जोडेको छ ।

नेपाल भने अंकविहीन रह्यो । नेपालले अब दोस्रो खेलमा बिहीबार ताजाकिस्तानको सामना गर्नेछ । यस्तै, नेपालले आफ्नो अन्तिम खेलमा आइतबार लेबनानको चुनौती बेहोर्नेछ ।

प्रकाशित : कार्तिक ८, २०७८ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?