कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एट्लेटिकोलाई बराबरीमा रोकेर सोसिडाड शीर्षमा

एजेन्सी

म्याड्रिड — रियल सोसिडाडले आइतबार राति एट्लेटिको म्याड्रिडलाई २–२ को बराबरीमा रोकेर स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । सोसिडाडले दुई गोलको अग्रता लिएपछि एट्लेटिकोका लागि लुइस स्वारेजले दुई गोल गरे ।

एट्लेटिकोलाई बराबरीमा रोकेर सोसिडाड शीर्षमा

यो नतिजापछि सोसिडाडको १० खेलबाट २१ अंक भएको छ । उसको पछाडि एक खेल कम खेलेका रियल म्याड्रिड र सेभियाको २० अंक रहेको छ । एट्लेटिको भने १८ अंकमा चौथो स्थानमा छ ।

अन्य दुई खेल बराबरीमा

युरोपेली घरेलु फुटबलका दुई अन्य महत्त्वपूर्ण खेल पनि शनिबार राति बराबरीमा टुंगेका छन् । फ्रान्सको लिग वानमा मार्से र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीचको खेल गोलरहित बराबरी टुंगियो । यस्तै इटालीको सिरी एमा इन्टर मिलान र युभेन्ट्सबीचको खेल १–१ को बराबरीमा रह्यो ।


प्रकाशित : कार्तिक ८, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?