२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मेयर कप भेट्रान : खुमलटार र हेटौंडाको विजयी सुरुआत

कान्तिपुर संवाददाता

काठमाडौँ — मेयर कप भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा एफई खुमलटार र विजय युथ क्लब हेटौंडा भेट्रानले जित निकालेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दिनको पहिलो खेलमा खुमलटारले ललितपुर वडा नम्बर १४ लाई पराजित गर्दा अर्को खेलमा विजय युथ हेटौंडाले काभ्रे भेट्रान क्लबलाई हराएको हो । 


खुमलटारले ललितपुरलाई ४–१ हराउँदा अर्को खेलमा हेटौंडाले काभ्रेमाथि ३–० को सहज जित निकालेका हो । खुमलटारलाई स्पष्ट तीन अंक दिलाउन दुई गोल गरेको खुमलटारका जुमानु राई म्यान अफ दि म्याच घोषित भए । जुमानुले खुमलटारका लागि सुरुआती दुई गोल टोली टोलीलाई जिततर्फ डोर्‍याएका थिए । यस्तै, राजकुमार घिसिङ र रितेश खड्काले एक/एक गोल गर्दा एक गोल उपहार दिादा खेल ४–१ को अवस्थामा टुंगिएको थियो ।

प्रतियोगिता अन्तर्गत दिनको दोस्रो खेलमा विजयी युथ हेटौंडालाई जित दिलाउने क्रममा कृष्ण शाक्यले दुई गोल गर्दा उत्तर कुमार दुलालले एक गोल आफ्नो नाममा लेखाए । यस खेलमा विजय युथका कृष्ण शाक्य म्यान अफ दी म्याच घोषित भए ।

भेट्रान फुटबल अन्तर्गत दिनको तेस्रो खेलमा चितवन भेट्रान क्लबले चितवन भेट्रान पश्चिम क्लबमाथि ९–० को रावाफिलो जित निकाल्यो । चितवनको जितमा रमेश थापाले ह्याट्रिक गर्दा कप्तान रविन्द्र श्रेष्ठ र सुरेश कुमार श्रेष्ठले समान दुई/दुई गोल गरे । यस्तै कमल गुरुङ र धरेन्द्र राज शाहीले एक/एक गोल आफ्नो नाममा लेखाए ।

प्रतियोगितामा सोमबार तीन खेल हुनेछन् । पहिलो खेल समूह ए को फुटबल फेलोसिप क्लब र फर्पिङ स्पोर्ट्स डेभलपमेन्ट क्लबबीच प्रतिस्पर्धा हुँदा दिनको दोस्रो खेल भनिमण्डल भेट्रान क्लब र वी वेयर ब्रदर्श तथा तेस्रो खेल एसएनकेसी र बौद्ध भेट्रान क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : कार्तिक ७, २०७८ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?