आर्मी र भनीमण्डल विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — मेयर कप भेट्रान्स फुटबलमा शनिबार पहिलो दिन त्रिभुवन आर्मी भेट्रान्स र भनीमण्डल क्लबले विजयी सुरुआत गरेका छन् । फ्रेन्ड्स र सानो गौचरन नाइट किङ क्लब (एसएनकेसी) ले भने २–२ गोलको बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा समूह ‘ए’ मा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ गोलले पराजित गर्दा विकर्ण श्रेष्ठले ह्याट्रिक पूरा गरे । विकर्णले २०, २८ र अन्तिम मिनेटमा गोल गरे । खेल ६० मिनेटको हो । हरि महतोले १७ औं मिनेटमा गोल गरी आर्मीलाई अग्रता दिलाए । पहिलो हाफमै आर्मीलाई ५–१ को अग्रता दिलाउने क्रममा राजु तामाङ (२६) र जनमत कार्की (३०) ले पनि गोल गरे । आर्मीका चक्र तामाङले ४० औं मिनेटमा गोल गरे । फेलोसिपका नन्दनाथ खड्गीले २१ औं मिनेटमा एक गोल फर्काए ।

समूह ‘बी’ मा भनीमण्डल भेट्रान्सले न्युरोड टिम भेट्रान्सलाई २–० ले हरायो । भनीमण्डलका विजय श्रेष्ठले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरी अग्रता दिलाए । अन्तिम ४ मिनेटअघि कृष्ण मालाकारले गोल गरी २–० को जित निश्चित गरे । समूह ‘सी’ का फ्रेन्ड्स र एसएनकेसीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

फ्रेन्ड्सका तेज थापाले पाँचौं मिनेटमा दिलाएको अग्रतामा दोस्रो हाफको सुरुमै बालगोपाल साहुखलले बराबरी गोल फर्काए । राजेश शाहीले ४५ औं मिनेटमा एसएनकेसीलाई अग्रता दिलाए पनि फ्रेन्ड्सका मनोज लामाले ५५ औं मिनेटमा गोल गरे ।

प्रकाशित : कार्तिक ७, २०७८ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?