फुटबलर कमल बागलुङमा सम्मानित

बागलुङ

काठमाडौँ — तेह्रौं साफ च्याम्पियनसिपमा उपविजेता भएर घर फर्केका बागलुङका फुटबलर कमल थापा गृहजिल्लामा सम्मानित भएका छन् । बागलुङ जेसिजले शनिबार उनलाई उत्कृष्ट युवा सम्मान प्रदान गरेको हो । बागलुङ नगरपालिका–१० भकुन्डे घर भई हिमालयन शेर्पा क्लबमा अनुबन्धित कमलले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप खेलेका थिए ।

फुटबलर कमल बागलुङमा सम्मानित

फाइनल पुगेको नेपाल भारतसँग पराजित भएको थियो । २०५३ सालमा जन्मेका कमलले नेपाली राष्ट्रिय टोलीबाट उत्कृष्ट खेल प्रदर्शन गर्न गरेका थिए । बागलुङ जेसिजका अध्यक्ष आनन्दप्रसाद रेग्मीले भने, ‘हामीले १८ देखि ४० वर्षका युवाको सम्मान, उनीहरूको क्षमता विकास र नेतृत्व विकासमा काम गर्छौं, कमलले विद्यालय तहदेखि नै देखाएको लगनशीलता र क्षमताको कदर मात्रै गरेका हौं ।’ बागलुङस्थित कालीगण्डकी माविमा पढ्दा पनि उनी फुटबलका राम्रा खेलाडीमा पर्दथे ।

उनको सम्मानले राष्ट्रिय फुटबल टिमकै सम्मान भएको महसुस भएको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले बताए ।

यसअघि उनले बागलुङमा सम्पन्न मेयर कप फुटबलमा पनि उत्कृष्ट खेलाडीको पुरस्कार थापेका थिए । जेसिजले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत कमलसँगै सामाजिक सेवामा लागेका २८ वर्षीया सुमिरा लामालाई पनि सम्मान गरेको छ ।

प्रकाशित : कार्तिक ७, २०७८ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?