कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बक्सिङ टोली सर्बियातिर जाँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा)को आयोजनामा अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म सर्वियाको राजधानी बेलग्रेडमा हुने २१ औं आइबा वर्ल्ड मेन्स बक्सिङ च्याम्पियनसिपमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बक्सिङ टोली सर्बियातिर जाँदै

विश्वका १ सय ५ राष्ट्रका ६ सय ५० भन्दा बढी खेलाडीले १३ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक तौलका स्वर्ण विजेताले एक लाख डलर, रजत विजेताले ५० हजार र कांस्य जित्ने दुई जनाले २५ हजार डलर पुरस्कार पाउनेछन् ।

नेपालबाट ४८ केजी तौलमा रविन थापा, ५७ केजीमा पुरन राई, ६३.५ केजीमा भूपेन्द्र थापा र ६७ केजीमा सनिल शाहीले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा प्रमुख प्रशिक्षक प्रकाश थापामगर, प्रशिक्षक किशोर लिम्बु र अफिसियलमा नेपाल बक्सिङका संघ सदस्य मानबहादुर भण्डारी र प्रनिर अधिकारी रहेका छन् । बक्सिङ टोली शुक्रबार राति फ्लाइ दुबईबाट त्यसतर्फ गएको छ ।

आइबाले ७५ वर्ष (हीरक महोत्सव) मनाउने क्रममा रहेकाले निमन्त्रणामा बक्सिङ संघका अध्यक्ष राम अवाले पनि त्यसतर्फ गएका छन् ।

नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले शुक्रबारै बिदाइ गरे । उनले बक्सिङको महाकुम्भमा नेपाली खेलाडीलाई पदक जित्नका लागि हौसला दिएका थिए ।


प्रकाशित : कार्तिक ५, २०७८ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?