१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विश्वकप क्रिकेटको सुपर १२ मा नामिबिया

कान्तिपुर संवाददाता

सारजहा, एपी — नामिबियाले शुक्रबार ट्वान्टी ट्वान्टी विश्वकपको मुख्य 'ड्र' मा पहिलोपल्ट प्रवेश पाएको छ । नामिबियाले सुपर १२ चरणमा प्रवेश पाउनका लागि भएको निर्णायक खेलमा आयरल्यान्डलाई आठ विकेटल पराजित गरेको छ ।

विश्वकप क्रिकेटको सुपर १२ मा नामिबिया

यससँगै प्रतियोगिताको अन्तिम मुख्य चरण खेल्ने १२ टिमको पनि निर्णय भएको छ । जितका लागि १ सय २६ रनको लक्ष्य पाएको नामिबिया नौ बलको खेल बाँकी छँदै त्यहाँसम्म पुगेको हो ।

नामिबियालाई जित दिलाउन कप्तान जेरहार्ड इरसमुले प्रमुख भूमिका खेले । उनले ४९ बलमा ५३ रन बनाएर नटआउट रहे र २८ रन बनाएका डेविड विससँग नटआउट ५३ रनको साझेदारी गरे ।

नामिबियाले यसअघि नेदरल्यान्ड्सलाई हराएको थियो । यसको समूहबाट यसअघि नै श्रीलंका पनि सुपर १२ को चरणमा पुगिसकेको छ । यसअघि सन् २०१२ यता पहिलोपल्ट विश्वकप खेल्ने प्रयासमा रहेको आयरल्यान्डले आठ विकेटमा १ सय २५ रन बनाएको थियो ।

प्रकाशित : कार्तिक ५, २०७८ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?