कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

इन्डोनेसियासँग नेपाल २-० ले पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — ताजकिस्तानमा शुक्रबार भएको मैत्रीपूर्ण खेलमा इन्डोनेसिया यू २३ सँग नेपाली यू २३ टिम २–० ले पराजित भएको छ ।

इन्डोनेसियासँग नेपाल २-० ले पराजित

ताजाकिस्तानको गासर सेन्ट्रल स्टेडियमा भएको खेलमा नेपालले दोस्रो हाफमा दुई गोल खाएको हो । एएफसी यू २३ एसियाकप छनोट खेल्ने क्रममा रहेको नेपालले त्यसकै तयारीका रूपमा यो मैत्रीपूर्ण खेल खेलेको हो ।

छनोटमा नेपाल समूह बी मा रहेको छ र त्यसमा रहेका अन्य टिममा ताजाकिस्तान, लेबनान र इरान छन् । नेपालले आफ्नो पहिलो खेल अक्टोबर २५ मा इरानविरुद्ध खेल्नेछ । छनोटको शीर्ष स्थानमा रहने टिमले सिधै यू २३ एसियाकप खेल्नेछ । सबै समूहको दोस्रो हुने टिममध्ये चारले पनि प्रतियोगिता खेल्नेछ ।

प्रकाशित : कार्तिक ५, २०७८ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?