२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

२-० ले पछि परेको म्यानचेस्टरलाई जिताउन रोनाल्डोको निर्णायक गोल

एजेन्सी

पेरिस — खेल सकिन नौ मिनेट अगाडि क्रिस्टियानो रोनाल्डोले गरेको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पिन्स लिगमा बुधबार राति उत्कृष्ट पुनरागमन जित रचेको छ ।

२-० ले पछि परेको म्यानचेस्टरलाई जिताउन रोनाल्डोको निर्णायक गोल

समूह 'एफ'को खेलमा म्यानचेस्टरले दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर ओल्ड ट्रायफोर्डमा एटलान्टालाई ३–२ ले पराजित गरेको हो ।

पहिलो हाफमा एटलान्टाले मारियो पासिलिच र मेरिह डेमिरलको गोलले अग्रता लिएको थियो । यसक्रममा घरेलु समर्थक आफ्नै टिमको विरोधमा उत्रन थालेका थिए । तर दोस्रो हाफ सुरु भएको आठौं मिनेटमा मार्कस रसफोर्डले म्यानचेस्टरका लागि पहिलो गोल गरे । त्यसपछि कप्तान ह्यारी मग्वायरले बराबरी गोल गरे ।

समूहको अर्को खेलमा भिल्लारियलले योङ ब्वाइजलाई ४–१ ले हरायो । समूह 'ई'मा बायर्न म्युनिकले लगातार तेस्रो जितका लागि बेनफिकालाई सजिलै ४–० ले पराजित गर्‍यो । यसै समूहमा बार्सिलोनाले लिग चरणको पहिलो जितका लागि डायनोमो किभलाई १–० ले पन्छायो र त्यसमा जेरार्ड पिकेले निर्णायक गोल गरे ।

यस्तै डिफेन्डिङ च्याम्पियन चेल्सीले माल्मोलाई जोरजिन्होको दुई गोलमा ४–० ले हरायो । तर त्यसमा रोमेलु लुकाकु र टिमो वार्नर भने घाइते भएका छन् । यसै समूहमा युभेन्ट्सले जेनिथ सेन्ट पिटर्सबर्गलाई १–० ले किनारा लगायो । अन्य खेलमा सेभिया र लिलेले गोलरहित बराबरी खेले भने साल्सबर्गले उल्भ्सबर्गमाथि ३–१ को जित निकाल्यो ।

प्रकाशित : कार्तिक ४, २०७८ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?