कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

च्याम्पियन्स लिग :  लिभरपुल, पीएसजी र म्यानचेस्टर सिटीको उत्कृष्ट जित

कान्तिपुर संवाददाता

काठमाडौँ — मोहमद सलाहले आफ्नो उत्कृष्ट लय कायम राखेपछि लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति स्पेनी च्याम्पियन एटलेटिको म्याड्रिडलाई ३–२ ले हराएको छ । सलाहले आठौं मिनेटमा पहिलो गोल गरेपछि ७८ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपे ।

च्याम्पियन्स लिग :  लिभरपुल, पीएसजी र म्यानचेस्टर सिटीको उत्कृष्ट जित

त्यस्तै नेबी केइटाले लिभरपुलका लागि तेस्रो गोल गरे । एटलेटिकोका तर्फबाट एन्टोन ग्रिजमनले दुई गोल गरे । उनी पछि रेड कार्डको सिकार पनि भए र टिम १० खेलाडीमा सीमित रहेको थियो । लिभरपुलका लागि यो लगातार तेस्रो जित हो ।

मंगलबारकै अर्को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आरबी लाइपजिगलाई ३–२ ले पराजित गर्‍यो । त्यसमा लियोनल मेसीले दुई गोल गरे । पीएसजीले केयनिल एमाबापेको गोलले अग्रता लिएको थियो ।

जर्मन क्लबका लागि आन्द्रे सिल्भा र नोरडी मुखेलेले गोल गरे । मेसीको एक गोल पेनाल्टीबाट सम्भव भएको थियो र यसक्रममा पीएसजीले पुनरागमन जित रचेको हो ।

त्यसैगरी अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीले बेल्जियन क्लब क्लब बर्गलाई ५-१ ले हरायो । म्यानचेस्टर सिटीका लागि रियाद महरेजले २ तथा जोआओ क्यान्सेलो, काइल वाकर र कोल पाल्मरले १-१ गोल गरेका थिए । क्लब बर्गका लागि भने ह्यान्स भानाकेनले एक गोल गरे ।

त्यस्तै मंगलबारकै अर्को खेलमा रियल म्याड्रिडले शाख्तर डोनेस्कलाई ५-० ले हराउँदा डर्टमन्डले आयाक्सलाई ४-० ले हरायो ।

प्रकाशित : कार्तिक ३, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?