कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साफ च्याम्पियनसिप फाइनल खेल्ने नेपाली टिमको घोषणा

कान्तिपुर संवाददाता

माले (माल्दिभ्स) — साफ च्याम्पियनसिप २०२१ को फाइनल शनिबार नेपाल र भारतबीच हुँदैछ र त्यसका लागि नेपाली टिम घोषणा गरिएको छ । खेल स्थानीय समयअनुसार राति आठ बजे (नेपाली समय अनुसार राति ८:४५) सुरु हुनेछ ।

साफ च्याम्पियनसिप फाइनल खेल्ने नेपाली टिमको घोषणा

त्यसअनुसार सुरुवाति टिममा कप्तान तथा गोलरक्षक किरण लिम्बूसँगै दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र रोहित चन्द छन् ।

फाइनलका लागि दुवै टिमका खेलाडी टेक्निकल एरिया प्रवेशमा प्रवेशबाट प्रतिबन्धको अवस्थामा छन् । यस्तामा नेपालका अब्दुल्लाह अल्मुताइरी र भारतका इगोर स्टिमक दुवै नेसनल स्टेडियम आएका छन्, तर उनीहरूले दर्शकदीर्घाबाट खेल हेर्नेछन् ।

भारतले १२ औं पल्ट साफ च्याम्पियनसिपको फाइनल खेल्दैछ भने नेपालले प्रतियोगिताको इतिहासमा उपाधिका लागि भिड्न लागेको यो पहिलो पल्ट हो



प्रकाशित : आश्विन ३०, २०७८ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?