१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

फाइनल खेलमा अल्मुताइरी ‘टेक्निकल एरिया’ मा बस्न नपाउने

दक्षिण एसियाली फुटबल महासंघले गरेको निर्णयमा आपत्ति जनाउँदै अल्मुताइरीले यो निर्णय फिर्ता लिनुपर्ने बताएका छन्।
हिमेश

माले (माल्दिभ्स) — नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ चाम्पियनसिप २०२१ को शनिबार हुने फाइनलमा ‘टेक्निकल एरिया’ मा बस्न नपाउने गरेर कारवाहीको विरोध गरेका छन् । प्रतियोगिताको आयोजक दक्षिण एसियाली फुटबल महासंघले गरेको निर्णयमा आपत्ति जनाउँदै उनले यो निर्णय फिर्ता लिनुपर्ने बताए ।

फाइनल खेलमा अल्मुताइरी ‘टेक्निकल एरिया’ मा बस्न नपाउने

राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको लिग चरणमा दुई पहेँलो कार्ड खाएपछि उनलाई फाइनलमा ‘टेक्निकल एरिया’ मा बस्न नपाउने गरेर निर्णय गरेको हो । उनले शनिबार बिहान आयोजित भुर्चअल प्रेस मिटमा भने, ‘यो कारवाही ममाथि मात्र भएको होइन, नेपाली फुटबल टिम र समग्र नेपाली फुटबलमाथि भएको कारवाही भएको हो ।’

उनले थपे, ‘साफ च्याम्पियसिप २०२१ को नियमावालीमा कतै पनि प्रशिक्षकले दुई पहेँलो कार्ड खाएपछि टेक्निकल एरियामा बस्न नपाउने भनिएको छैन । प्रत्येक प्रतियोगिताको आफ्नो अलग नियम हुन्छ ।’ उनले नेपाललाई साफ च्याम्पियनसिप जित्नबाट रोक्न यस्तो निर्णय भएको पनि आरोप लगाए ।


प्रशिक्षक अल्मुताइरीका अनुसार उक्त निर्णय उल्टाउनका लागि प्रयास भइरहेको छ । ' यो निर्णय उल्टाउनका लागि प्रयास गरिरहेका छौं र यो निर्णय सच्चिनु पनि पर्छ । दक्षिण एसियाली फुटबल महासंघले यो निर्णय गरेर भुल गरेको छ,’ उनले भने ।


फाइनलमा भारतीय प्रशिक्षक इगोर स्टिमेक पनि खेलका क्रममा ‘टेक्निकल एरिया’ मा बस्न पाउने छैनन् । उनलाई माल्दिभ्सविरुद्धको खेलमा सिधा रातो कार्ड देखाइएको थियो ।



प्रकाशित : आश्विन ३०, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?