११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

कोलकातालाई हराउँदै चेन्नई चौथो पटक आईपीएलको च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — कोलकाता नाइटराइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले आईपीएल २०२१ को उपाधि जितेको छ । दुबईमा शुक्रबार आयोजित खेलमा २ पटकको च्याम्पियन कोलकातालाई  २७रनले  हराउँदै चेन्नई चौथो पटक च्याम्पियन बनेको हो।

कोलकातालाई हराउँदै चेन्नई चौथो पटक आईपीएलको च्याम्पियन

आईपीएलमा महेन्द्रसिंह धोनीको टिम दोस्रो सफल टिम भएको छ । मुम्बई इन्डियन्सले सबैभन्दा बढी ५ पटक आईपीएलको उपाधि जितेको छ ।

पहिले ब्याटिङ गरेको चेन्नईले कोलकातालाई १९३ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा निर्धारित २० ओभरमा कोलकाताले १६५ रन मात्र बनाउन सक्यो ।

चेन्नईले ओपनिङ ब्याट्सम्यान फाफ डू प्लेसीको ८६ रनको योगदानमा १९२ रन बनाएको हो। त्यस्तै कोलकाताका लागि शुभमन गिलले ५१ र वेकंटेश अय्यरले ५० रन बनाए ।

प्रकाशित : आश्विन ३०, २०७८ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?