आईपीएलको उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — कोलकाता नाइटराइडर्स इन्डियन प्रिमियर लिग २०२१ को फाइनलमा पुगेको छ । बुधबार दिल्ली क्यापिटल्सलाई हराउँदै कोलकाता यस संस्करणको फाइनलमा पुगेको हो ।

आईपीएलको उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने

दिल्लीले दिएको १३६ रनको लक्ष्य कोलकाताले एक बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गरेको हो ।

त्यसअघि दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

फाइनलमा कोलकाताले चेन्नई सुपर किंग्सको सामना गर्ने भएको छ । यसअघि दिल्लीलाई नै हराउँदै महेन्द्रसिंह धोनीको टिम चेन्नई आईपीएलको फाइनलमा पुगिसकेको छ । फाइनल खेल दुबईमा शुक्रबार साँझ ७:४५ मा सुरु हुनेछ ।

प्रकाशित : आश्विन २८, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?