साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार रातिको खेलमा माल्दिभ्सलाई ३–१ ले हराउँदै भारतले फाइनलमा नेपालसँग भेट पक्का गरेको हो । 

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने

भारतका लागि कप्तान सुनील क्षेत्रीले २ र मनवीर सिंहले १ गोल गरेका थिए । त्यस्तै माल्दिभ्सका लागि अली अस्फाकले १ गोल गरेका थिए । जितसँगै भारत ८ अंकसहित शीर्ष स्थानमा रह्यो भने नेपाल ७ अंकसहित दोस्रो स्थानमा छ ।

बुधबारको अर्का खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपालले साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको हो । नेपाल साफ च्याम्पियनसिपको फाइनल पुगेको पहिलो पटक हो । भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो । उसले अहिलेसम्म ७ पटक च्याम्पियनसिपको उपाधि जितिसकेको छ । जारी प्रतियोगिताको समूह चरणमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो ।

फाइनल खेल आगामी शनिबार साँझ पौने ९ बजे सुरु हुनेछ ।

प्रकाशित : आश्विन २८, २०७८ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?