कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साफ च्याम्पियनसिपपछि नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने

हिमेश

माले — नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि आफू नेपाल नफर्कने र आफूले यसअघि नै राजीनामा दिइसकेको बताएका छन् ।

साफ च्याम्पियनसिपपछि नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने

नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेर फाइनल प्रवेश गरेयता आयोजित प्रेस मिटमा उनी आक्रामक भएर प्रस्तुत भए र आफ्नो धेरै आलोचना भएकोमा नेपाली मिडियाको आलोचना पनि गरे ।

उनले भने, ‘मैले यसअघि नै राजीनामा दिइसकेको छु । फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ । फाइनलपछि म नेपाल फर्कने पनि छैन ।’ प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए र भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे ।’ तर उनले जितमा आफू खुसी रहेको पनि बताए ।

खेलको विश्लेषण गर्नेक्रममा उनले भने, ‘बंगलादेशी गोलरक्षकले रातो कार्ड खाएपछि टिम १० खेलाडीमा सीमित भयो र खेल हाम्रो पक्षमा मोडियो । म बंगलादेशी गोलरक्षकलाई धन्यवाद दिन चाहन्छु, किनभने उनले मलाई अहिले तत्काल विश्वकै सबैभन्दा खुसी मान्छे बनाएका छन् । म उनीप्रति आभारी छु ।’

खेलमा अञ्जन विष्टले पेनाल्टीबाट नेपालका लागि गोल गरेका थिए र त्यो पेनाल्टीको निर्णय विवादास्पद पनि रह्यो । यसबारे बोल्दै प्रशिक्षक अल्मुताइरीले भने, ‘यो निर्णय ठीक थियो अथवा थिएन म ठ्याक्कै भन्न सक्दिनँ । त्यसो भनेमा त्यो झूट हुनेछ । तर म नेपाली टिमको प्रशिक्षक भएको हुनाले त्यस निर्णयको विपक्षमा बोल्दिनँ ।’

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २७, २०७८ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?