३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपालविरुद्ध बंगलादेश १ गोलले अगाडि

कान्तिपुर संवाददाता

काठमाडौँ — साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबारको खेलमा नेपालविरुद्ध बंगलादेशले पहिलो हाफमा १-० को अग्रता बनाएको छ । बंगलादेशका लागि खेलको ९औं मिनेटमा सुमन रेजाले गोल गर्दै अग्रता दिलाएका हुन् ।

साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपालविरुद्ध बंगलादेश १ गोलले अगाडि

बुधबारको खेलमा जित अथवा बराबरीको नतिजाबाट नेपालले फाइनलको यात्रा तय गर्नेछ । बंगलादेशलाई भने फाइनल यात्रा तय गर्नका लागि जित्नै पर्ने दबाब रहेको छ ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र बंगलादेशबीच अहिलेसम्म सात खेल भएकोमा त्यसमध्ये नेपाल तीनमा विजयी रहेको छ भने चार खेल बंगलादेशको पक्षमा रहेको छ । त्यसमध्ये पछिल्ला तीन खेलमा नेपाल लगातार विजयी रहेको छ ।

समग्रमा नेपाल र बंगलादेशबीच अहिलेसम्म २३ खेल भएका छन् । त्यसमध्ये नेपालमा सातमा विजयी रहेको छ भने चार खेल बराबरीमा टुंगेका छन् । बाँकी १२ खेलमा भने बंगलादेशले जित निकालेको छ । यी दुई टिमबीचका पहिला पाँच खेलमा नेपाल दुईमा विजयी रहेको छ । यस्तै दुई खेल बराबरीमा टुंगेको छ भने एक खेलमा बंगलादेशले सफलता चुमेको छ ।

प्रकाशित : आश्विन २७, २०७८ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?