१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विश्‍व कीर्तिमानी धावक छुरा प्रहार गरिएको अवस्थामा आफ्नै घरमा मृत भेटिइन्

एजेन्सी

नैरोबी — दुईपटकको विश्व च्याम्पियन कांस्य पदक विजेता केन्याकी खेलाडी एग्नेस तिरोपको निवासमै छुरा हानेको अवस्थामा मृत भेटिएकी छन् । २५ वर्षीया धावक तिरोपले २०१७ र २०१९ को १०००० मि विश्व च्याम्पियनशिपमा कांस्य पदक जितेकी थिइन् ।

विश्‍व कीर्तिमानी धावक छुरा प्रहार गरिएको अवस्थामा आफ्नै घरमा मृत भेटिइन्

केन्याको नैरोबीस्थित एथलेटिक्स केन्याका अध्यक्ष बर्नाबा कोरिरले दुखद् समाचार भन्दै इटेन इल्गेओ काउन्टीमा उनको मृत्युको पुष्टि गरेका छन् ।

तिरोपले गत महिना मात्र जर्मनीमा १० किलोमिटरको विश्व कीर्तिमान बनाएकी थिइन् । विश्व कीर्तिमान बनाउन पाएकोमा उनले खुसी व्यक्त गर्दै भनेकी थिइन्, ‘गति कठिन थियो तर विश्व कीर्तिमान तोड्दा म धेरै खुसी छु।' उनको मृत्युबारे केन्याको प्रहरीबाट कुनै प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।

प्रकाशित : आश्विन २७, २०७८ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?