कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रकाश र कुमारको जोडी च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रकाश पराजुली र कुमार पन्तको जोडी सोमबार दोस्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन च्याम्पियन बनेको छ । मनकामना टोल सुधार समाज तथा शीतलनगर टोल सुधार समितिद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–१० र २१–९ को सेटमा पराजित गर्‍यो । प्रकाश प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

ज्येष्ठ आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा बाबुराम ढकाल र भुवल तामाङको जोडी तेस्रो भयो । कागेश्वरी मनोहरा नगरपालिका–७ का अध्यक्ष जीवन थापा, मनकामना टोल सुधार समाजका अध्यक्ष बलबहादुर राउत, विष्ट गाउँ तल्लो बस्ती मनकामना टोली सुधार समितिका अध्यक्ष नैनबहादुर कार्की, प्रतियोगिता संयोजक देवीप्रसाद पराजुलीलगायतले विजेतालाई पुरस्कृत गरे ।


प्रकाशित : आश्विन २६, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?