फ्रान्सलाई नेसन्स लिगको उपाधि- खेलकुद - कान्तिपुर समाचार

फ्रान्सलाई नेसन्स लिगको उपाधि

बीबीसी

मिलान — किलियन एम्बाप्पेको निरन्तर उत्कृष्ट प्रदर्शनसँगै फ्रान्स आइतबार फाइनलमा स्पेनलाई हराएर नेसन्स लिगको उपाधि जित्ने दोस्रो टिम भएको छ ।

एम्बाप्पेकै पासमा उनाई सिमोनविरुद्ध करिम बेन्जेमाले सनसनीपूर्ण गोल गर्दै मिलानस्थित सान सिरोमा फ्रान्सलाई बराबरीमा पुर्‍याए । त्यसअघि स्पेनले अग्रता लिएको थियो । मिकेल ओयरजबलले डिफेन्डर डायोट युपामेकानोको चुनौती पन्छाउँदै गोलकिपर ह्युगो लोरिसलाई कुनै मौका नदिई गोल गरेका थिए ।

विश्वकप विजेताका लागि लोरिसले अन्त्यतिर दुई उत्कृष्ट बचाउ गर्दै नेसन्स लिगको ट्रफी पक्का गरे ।लोरिसले सुरुमा ओयरजबलको प्रहारलाई रोकेका थिए । त्यसपछि उनले येरेमी पिनोको मिहिनेतलाई पनि अन्तिम क्षणमा असफल पारिदिए । त्यसपछि फ्रान्स नेसन्स लिगको दोस्रो विजेता बन्यो । यसअघि सन् २०१९ मा भएको पहिलो संस्करणको उपाधि पोर्चुगलले कब्जा गरेको थियो ।

फाइनलमा गोल गरेका किलियन एम्बाप्पे र करिम बेन्जेमा । तस्बिर : एएफपी

तर एम्बाप्पेको निर्णायक प्रहार र गोल नै बहसको विषय बन्यो । थियो हर्नान्डेजले ‘थ्रु बल’ दिँदासम्म पेरिस सेन्ट जर्मेनका फरवार्ड एम्बाप्पे असफसाइड अवस्थामा उभिइरहेका थिए । त्यो बल स्पेनी डिफेन्डर एरिक गार्सियाले क्लियर गर्ने प्रयासमा छोएपछि एम्बाप्पेको खुट्टामा पुगेको थियो । अफसाइड पोजिसनमा रहेका खेलाडीले विपक्षीबाट पाएको बल खेल्यो भने यस्तो परिस्थितिमा नियमानुसार अफसाइड दिइँदैन ।

फ्रान्सले सेमिफाइनलमा २–० ले पछाडि परेको स्थिति उल्टाएर बिहीबार छिमेकी बेल्जियमलाई ३–२ ले पराजित गरेको थियो । उसले फाइनलमा पनि फेरि पछाडि परेको अवस्थामा संघर्ष गर्दै जित हात पारेको हो । एक घण्टापछि पछाडि परेको स्थितिमा प्राविधिक रूपमा खेल जारी नै थियो तर शान्त नै थियो ।

प्रशिक्षक डिडियर डेसच्याम्पले सम्हालेको टिमले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो । बेन्जेमाले गोलकिपर सिमोनमाथिबाट बललाई घुमाउरो ढंगले सनसनीपूर्ण गोलमा परिणत गर्दै ६६ औं मिनेटमा १–१ को बराबरी गरे । त्यसको दुई मिनेटअघिमात्रै ओयरजबलले स्पेनलाई अग्रता दिलाएका थिए ।

बल पोजेसनमा फ्रान्स धेरै पछाडि

रह्यो । उसको बल पोजेसन ३६ प्रतिशतमै सीमित थियो । तर, फ्रान्सेली खेलाडीहरू काउन्टर अट्याकमा निरन्तर खतरनाक देखिएका थिए । यस्तोमा एम्बाप्पेको प्रहार निर्णायक बन्यो र त्यसमा भाग्यमानी पनि रह्यो ।

युरो २०२० बाट अन्तर्राष्ट्रिय फुटबलमा फर्किएका बेन्जेमाले भने, ‘वास्तवमै फ्रान्सेली टिमबाट ट्रफी जित्न चाहन्थें र यो पूरा पनि भयो । हामीले बलियो चरित्र देखायौं । किनभने यो टिम धेरै बलियो छ । कहिल्यै हार मान्दैनौं र यसलाई हामीले सावित पनि गरिदियौं । नअत्तालीकनै धैर्यपूर्वक सही समयको लागि प्रतीक्षा गरेर खेल्नु महान् टिमको संकेत पनि हो ।’

प्रकाशित : आश्विन २६, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्

रोनाल्डोको अर्को कीर्तिमान

बीबीसी

लिस्बन — क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पुरुषतर्फ सर्वाधिक गोलको कीर्तिमान बढाउँदै १ सय १२ औं गोल गरेसँगै पोर्चुगलले मैत्रीपूर्ण खेलमा शनिबार कतारलाई ३–० ले पराजित गरेको छ ।

म्यानचेस्टर युनाइटेडका फरवार्ड रोनाल्डोले एस्टाडियो अलगेर्वमा भएको खेलको ३७ औं मिनेटमा गोलको खाता खोलेका थिए । त्यसपछि उनले पहिलो हाफमै मैदान छाडेका थिए । ३६ वर्षीय उनले गत महिना इरानी फरवार्ड अली दाइको १ सय ९ गोलको कीर्तिमान तोडेका थिए ।

रोनाल्डोको यो १ सय ८१ औं खेल हो । यससँगै उनले सर्वाधिक खेल खेल्ने युरोपेली खेलाडीमा स्पेनी सर्जियो रामोसको कीर्तिमानलाई पनि उछिने । मलेसियाका सोह चिन आनको नाममा १९५ क्यापको विश्व कीर्तिमान रहेको छ । उनले सन् १९८४ मा संन्यास लिएका थिए ।

जोसे फोन्टेले पोर्चुगलका लागि अर्को गोल दोस्रो हाफमा गरेका थिए । पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल खेलेका राफेल लियोले दुईपल्ट प्रहार

गरेको बल पोस्टमा लागेको थियो । उनी रोनाल्डोको स्थान लिँदै पहिलो हाफमा मैदानमा प्रवेश गरेका थिए । अन्तिम समयमा आन्द्रे सिल्भाले तेस्रो गोल गरे ।

विश्वकपको युरोपेली छनोटमा समूह ‘ए’ मा पाँच टिममात्रै छन् । कतारले आयोजना गर्ने विश्वकप २०२२ छनोटको प्रतिस्पर्धामा शनिबार मैदानमा नरहेका टिमहरू मैत्रीपूर्ण खेलमा उत्रिएका थिए । पोर्चुगल समूहको शीर्षस्थानमा रहेको सर्बियाभन्दा एक अंक पछाडि रहेको छ । फर्नान्डो सान्तोसको टिमले एक खेल कम खेलको छ ।

प्रकाशित : आश्विन २५, २०७८ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×