सन्दीप लामिछाने बने 'आईसीसी प्लेयर अफ द मन्थ'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली क्रिकेटर सन्दीप लामिछाने र इङ्ल्याण्डकी हिथर नाइट सेप्टेम्बर महिनाका लागि 'आईसीसी प्लेयर अफ द मन्थ' विजेता बनेका छन् ।

सन्दीप लामिछाने बने 'आईसीसी प्लेयर अफ द मन्थ'

लेग स्पिनर लामिछाने र इङल्याण्डको महिला क्रिकेट टोलीकी क्याप्टेन नाइट अरु कडा प्रतिस्पर्धीका बीच भोटिङ मार्फत् छानिएका हुन् । सन्दीपसँगै बंगलादेशका अर्का खेलाडीनासुम अहमद र अमेरिकी ब्याट्सम्यान जसकरण मल्होत्राले सेप्टेम्बर महिनामा राम्रो प्रदर्शन गरेका थिए । यसै वर्ष भएका पपुवा न्युगिनी र ओमानसँगको खेलमा गरेको प्रदर्शन र देखाएको कौशलका कारण लामिछाने उत्कृष्ट खेलाडी छानिएका हुन् ।

यस्तै इङ्ल्याण्डकी नाइट अरु दुई खेलाडी चार्ली डिन र साउथ अफ्रिकी खेलाडी लिजेले लीलाई पराजित गर्दै 'प्लेयर अफ द मन्थ' छानिएकी हुन् । घरेलु मैदानमा न्युजिल्याण्डविरुद्धको खेलमा नाइटको प्रदर्शन नै निर्णायक मानिएको थियो । त्यसबेला उनी २१४ रन बनाउनुका साथै तीन विकेट लिन सफल भएकी थिइन् ।

प्रकाशित : आश्विन २५, २०७८ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?