कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

रोनाल्डोविरुद्धको बलात्कार मुद्दा खारेज

एजेन्सी

काठमाडौँ — स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोविरुद्धको बलात्कार मुद्दा खारेज गर्न अदालतले खारेज गरिदिएको छ । पोर्चुगलका खेलाडी रोनाल्डोविरुद्ध पूर्वमोडल क्याथरिन मयोर्गाले १० वर्षअघि बलात्कार गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

रोनाल्डोविरुद्धको बलात्कार मुद्दा खारेज

बुधबार अमेरिकाको लस भेगासस्थित न्यायाधीश डानिएल अलब्रेट्सले रोनाल्डोमाथिको मुद्दा खारेजीका लागि सिफारिस गरेका हुन् । यसबारे मोडल मयोर्गाले हालसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।

२००९ मा एक होटलको कोठामा रोनाल्डोले यौन आक्रमण गरेको आरोप लगाएकी थिइन् । रोनाल्डोले भने आफूमाथिको मुद्दा निरन्तर अस्वीकार गर्दैआएका थिए । सहमतिमा यौन सम्बन्ध भएको भन्दै रोनाल्डोले आफूमाथिको आरोप गलत भन्दैआएका थिए । रोनाल्डोका वकिलहरुले भने उनीमाथि कारबाहीको कुनै सम्भावना नरहेको बताउँदैआएका थिए ।

प्रकाशित : आश्विन २२, २०७८ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?