२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासललाई 

किशोर गुरुङले गरे ह्याट्रिक
कान्तिपुर संवाददाता

काठमाडौँ — ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासल फुटसल क्लब पोखराले जितेको छ । पोखरा रंगशालास्थित कभर्डहलमा शुक्रबार भएको फाइनल खेलमा घरेलु टोलो स्पोर्ट्स क्यासलले शंखमूल फुटसललाई ४-२ को गोल अन्तरले हराउँदै उपाधि जितेको हो । 

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासललाई 

शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा क्यासलका तर्फबाट किशोर गुरुङले ह्याट्रिक गर्दै आफ्नो टिमको जित सुनिश्चित गरे । क्यासलकै विजय गुरुङले १ गोल गरे । यस्तै शंखमूलको तर्फबाट लक्ष्मण थापा मगर र मणि लामाले १/१ गोल गरेका थिए ।

बिहीबार दोस्रो क्वालिफायरमा शंखमूलले धरानको दी राइजिङ क्लबलाई अतिरिक्त समयमा पराजित गरी फाइनल तय गरेको थियो । क्यासल भने राइजिङलाई हराएर सिधै फाइनल पुगेको थियो । खेलाडी, प्रशिक्षक र रेफ्रीका लागि परीक्षण नै थियो ।

प्रकाशित : आश्विन २२, २०७८ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?