२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

छानिए तेक्वान्दो रेफ्री ढकाल

कान्तिपुर संवाददाता

काठमाडौँ — तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा हुने चिफ अफ आर्मी स्टाफ (सीओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायकमा छनोट भएका छन् । उक्त प्रतियोगिता कात्तिक १८ देखि २३ सम्म हुनेछ । फ्रान्समा कात्तिक २६ देखि २८ सम्म हुने फ्रेन्च इकोपेन विश्व वरीयता खुला तेक्वान्दो प्रतियोगिताको निर्णायकमा पनि उनी छनोट भएका छन् ।

छानिए तेक्वान्दो रेफ्री ढकाल

एसियन तेक्वान्दो युनियन र युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि निर्णायकमण्डलमा ढकाललाई छनोट गरिएको जानकारी आएको नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रले जनाएको छ । दुई वर्षअघि चीनको वुहानमा सम्पन्न सातौं विश्व सैनिक खेलकुद प्रतियोगितासमेत रेफ्री ढकाल निर्णायकमा रहेका थिए । ढकाल विभागीय टोलीका एक्ला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री हुन् ।

प्रकाशित : आश्विन २२, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?