कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

ईपीएल : भैरहवाले पोखरासँग फाइनल प्रवेश पाउन खेल्ने

विनोद पाण्डे

काठमाडौँ — भैरहवा ग्लाडियटर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको इलिमिनेटरमा काठमाडौं किंग्स ११ लाई १६ रनले पराजित गरेको छ । १ सय ८९ रनको लक्ष्य लिएर आएको काठमाडौं किंग्सले ८ विकेट गुमाई १ सय ७२ रनमात्र बनाउन सक्यो ।

ईपीएल : भैरहवाले पोखरासँग फाइनल प्रवेश पाउन खेल्ने

भैरहवाले फाइनल प्रवेश पाउन बिहीबार पोखरा राइनोजसँग क्वालिफायर १ मा प्रतिस्पर्धा गर्नेछ । चितवन टाइगर्स बुधबार नै भएको क्वालिफायरमा पोखरा राइनोजलाई पराजित गरी फाइनलमा प्रवेश गरिसकेको छ ।

एसान प्रियन्जनले ४८ बलमा ६८ रन बनाए पनि काठमाडौं किंग्सलाई विजय दिलाउन सकेनन् । उनले ५ चौका र ४ छक्का प्रहार गरे । राजु रिजाल १०, रायन बर्ल शून्य, अमित श्रेष्ठ १९, जनक प्रकाश १४ बलमा २८, अमरसिंह राउटेला ५, कप्तान सन्दीप लामिछाने ६ र दीनेश अधिकारि ८ बलमा १५ रनमा आउट भए ।

भैरहवाबाट धम्मिका प्रसाद, आरिफ शेख र कुशल मल्लले २–२ तथा दुर्गेश गुप्ताले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । त्रिवि क्रिकेट मैदानमा कप्तान शरद भेषावकरले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४९ रन बनाई भैरहवालाई मजबुत स्थितिमा उभ्याए । उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

भैरहवाबाट तामिम इक्बाल ९ रनै आउट भएपछि अर्का ओपनर प्रदीप ऐरीले २७ बलमा ६ चौका र १ छक्का प्रहार गरी ३९ र उपुल थाराङ्गाले ५ चौका प्रहार गर्दै ३३ बलमा ३५ रन जोडे ।

कुशल मल्लले चार छक्का प्रहार गर्दै २० बलमा ३२ रन जोडे । आरिफ शेख ८ बलमा १ चौका र १ छक्का प्रहार गरी १५, रोहित पौडेल १ र दुर्गेश गुप्ता शून्यमा आउट भए ।

काठमाडौंका असान प्रियन्जन र सन्दीप लामिछानेले २–२ विकेट लिए । प्रियन्जनले ३ ओभरमा १७ र सन्दीपले ४ ओभरमा ३६ रन खर्चे । शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले १–१ विकेट लिए ।

प्रकाशित : आश्विन २०, २०७८ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?