कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साफ च्याम्पियनसिप : नेपालले श्रीलंकालाई ३-२ ले हरायो

कान्तिपुर संवाददाता

काठमाडौँ — साफ च्याम्पियनसिप-२०२१ मा सोमबार नेपालले श्रीलंकालाई ३-२ ले हराएको छ । माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा भएको  खेलको ३३औं मिनेटमा सुमन लामाले नेपालका लागि पहिलो गोल  गरेका थिए ।

साफ च्याम्पियनसिप : नेपालले श्रीलंकालाई ३-२ ले हरायो

त्यस्तै खेलको ५१औं मिनेटमा अन्जन विष्टले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । श्रीलंकाका लागि भने ५७औं मिनेटमा मरविन ह्यामिल्टनले उत्कृष्ट गोल गरेका थिए । नेपालका लागि ८६औं मिनेटमा आयुष घलानले तेस्रो गोल गरेका थिए । श्रीलंकाका लागि इन्ज्युरी समयमा डिलोन डि सिल्भाले पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए ।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई पराजित गरेको थियो । त्यसमा मनीष डाँगीले गोल गरेका थिए ।

सोमबारको जितसँगै नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ । बंगलादेशविरुद्धको उद्घाटन खेलमा पराजित श्रीलंका शून्य अंकमा छ ।

प्रकाशित : आश्विन १८, २०७८ २३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?