३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

साफ च्याम्पियनसिप-२०२१ का लागि माल्दिभ्स तयार

हिमेश

माले, मालदिभ्स — पूर्व दुई विजेता बंगलादेश र श्रीलंकाबीचको खेलसँगै साफ च्याम्पियनसिप २०२१ शुक्रबार सुरु हुँदैछ । नेसनल स्टेडियममा हुने दिनको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन तथा आयोजक माल्दिभ्सले नेपालको सामना गर्नेछ । माल्दिभ्स फुटबल संघले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको पनि जनाएको छ ।

साफ च्याम्पियनसिप-२०२१ का लागि माल्दिभ्स तयार

उद्घाटन खेल स्थानीय समय अनुसार चार बजे सुरु हुनेछ भने दोस्रो खेल नौ बजे हुनेछ । यसअघि नेपाल र माल्दिभ्सबीचको खेल पहिले हुने तय थियो, तर पछि खेल तालिका परिवर्तन गरिएको हो । प्रतियोगिताकै लागि भनेर मालेको केन्द्रमा रहेको नेसनल स्टेडियमलाई भित्र र बाहिरबाट सजाइएको छ ।

स्टेडियम भएर जाने बाटो पनि माल्दिभ्सको झण्डासहित सजाइएको छ । माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मदले शुक्रबार नै आफ्नो राष्ट्रिय टिमका खेलाडीलाई भेटेर शुभकामना व्यक्त गरेका छन् । उनले त्यस क्रममा माल्दिभ्सलाई आफ्नै भूमिमा हुने प्रतियोगिता जित्ने कामना गर्दै आफ्नो देशका सबै नागरिक फुटबल टिमको समर्थनमा रहेको बताए ।

उनले त्यसक्रममा माल्दिभ्सका खेलाडीलाई आफ्नै देशका समर्थकका लागि राम्रो खेल्न पनि अनुरोध गरे । यसअघि बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान किरण लिम्बूले माल्दिभ्स आयोजक देशको नातामाले बलियो रहे पनि त्यसले पेस गर्ने चुनौतीसँग डराउनु पर्ने कुनै कारण नरहेको बताएका थिए ।

उनले भनेका थिए, ‘हामी कुनै पनि विपक्षी टिमसँग डराउने छैनौं र यहाँ उपाधि जित्ने उद्देश्यले आएका छौं ।’ साफ च्याम्पियनसिप इतिहासमा नेपालले अहिलेसम्म माल्दिभ्सलाई पराजित भने गरेको छैन् । दुई टिमबीच अहिलेसम्म साफ च्याम्पियनसिपमा भएका सात खेलमा माल्दिभ्सले पाँच जितेको छ भने दुई बराबरीमा टुंगेको छ ।

प्रकाशित : आश्विन १५, २०७८ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?