कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधबार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई विष्टले हराएका हुन् । 

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

नेपाली ओलम्पियन खेलाडीहरुको आधिकारिक संस्था ओलम्पियन्स संघको निर्वाचनमा १५ सदस्य नयाँ कार्यसमिति पनि चयन भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएको हो ।

समितिको महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन भएका हुन् । यस्तै, सदस्यहरूमा राजकुमारी पाण्डे, विमला रानामगर, कान्छीमाया कोजू, प्रमिला रिजाल, मुकुन्दहरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफलराम श्रेष्ठ र रञ्जन श्रेष्ठ छन् ।

नेपाल ओलम्पियन्स संघको विधानमा २ उपाध्यक्षमा एक महिला अनिवार्य छ । जसमा संगिना निर्वाचित भएकी हुन् भने अर्को एक उपाध्यक्षमा प्रविण तुलाधर निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष विष्टले ओलम्पियन र ओलम्पिक मुभमेन्टलाई गर्व हुने खालको काम बताए । उनले नेपालमा ओलम्पिकलाई धेरै हेपाह पाराले हेर्ने गरिएको र पदकधारी खेलाडीलाई मात्रै मान्ने परम्परा आफू निर्वाचित कार्यसमितिले तोड्ने बताए । उनले संघमा आफू राजनीति गर्न नआएको भन्दै यो समितिले काम गरेर देखाउने प्रण गरे ।

प्रकाशित : आश्विन १३, २०७८ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?