कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कोलकाताको जित

एजेन्सी

शारजहाँ — सुनिल नारिनले १० बलमा निर्णायक साबित २१ रन बनाएपछि कोलकाता नाइट राइडर्सले मंगलबार इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको छ ।

कोलकाताको जित

यो जितपछि कोलकाताको प्लेअफ खेल्ने सम्भावना जीवन्त बनेको छ । जितनिम्ति १ सय २८ रन पछ्याइरहेको कोलकाता एक समय ५ विकेट गुमाएर ९६ रनको स्थितिमा थियो ।

तर नारिनले कागिसो रबाडाको १६ औं ओभरमा २१ रन बनाए । उनी जितसम्म पुग्नु ६ रनअगाडि आउट भए । नितिश राणाले १० बल बाँकी छँदै आफ्नो टिमलाई जितसम्म पुर्‍याए । नितिशले अविजित ३६ रन बनाए । दिल्लीका अवेश खानले तीन विकेट लिएका थिए । दिल्लीले भने ९ विकेटमा १ सय २७ रन बनाएको थियो । त्यसमा कप्तान ऋषभ पन्त र स्टिभ स्मिथ दुवैले ३९ तथा शिखर धवनले २४ रन बनाए । यो जितपछि ८ टिमको प्रतियोगितामा कोलकाता (१०) चौथो स्थानमा रह्यो ।


प्रकाशित : आश्विन १३, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?