कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

विभागीय टोली एपीएफ र न्यू डाइमन्ड विजयी

छैटौं राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप
रासस

काठमाडौँ — छैटौं राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विभागीय टोली नेपाल एपीएफ क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लबले जीत हासिल गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको महिलातर्फको खेलमा एपीएफले तीन भारतीय खेलाडी सम्मिलिन ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै जीत हासिल गरेको हो । एपीएफले ढोरपाटनमाथि पहिलो सेट २५–११, दोस्रो सेट २५–७ तथा तेस्रो सेट २५–६ ले आफ्नो पक्षमा पार्‍यो ।

त्यस्तै अर्को खेलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल ट्रेनिङ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै जीत हासिल गर्यो । डायमन्डले पहिलो सेट २५–६, दोस्रो २५–५ र तेस्रो तथा अन्तिम सेट २५–१३ को जीत निकाल्न सफल भयो ।

महिला र पुरुष टोलीको विजेताले समान चार लाख तथा उपविजेताले दुई लाख रूपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, तेस्रो हुने टोलीले एक लाख रूपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपमा सर्वोत्कृष्ट घोषित हुने खेलाडीले २५ हजार रूपैयाँ पाउनेछन् भने उत्कृष्ट घोषित हुने अन्य विधा स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही रु १० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित : आश्विन १२, २०७८ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?